काठमाडौं ।
सोमबार उच्च अंकले बढेको शेयर बजार आज भने झिनो अंकले घटेर बन्द भएको छ ।
विहान बजार खुल्ने वित्तिकै बढेर २७ सय ९५ को विन्दुमा पुगेको बजार परिसूचक नेप्से अन्तिममा २.६१ अंक घटेर २७५७.४० विन्दुमा झरेको छ ।
नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज ४ वटा उपसमूहको परिसूचक बढेको छ भने ९ वटा उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशत बढ्दा बैंकिङ्ग, हाइड्रोपावर र अन्य उपसमूहको परिसूचक सामान्य बढेका छन् ।
तर व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत घटेको छ । एक सय ७५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो र होटल फरेष्ट इनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
तर एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक ७.०८ प्रतिशत गुमाएका छन् । दिनभरमा ३४५ वटा स्टकको एक रोड ७४ लाख ६ हजार कित्ता शेयर ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँबराबरमा खरिद विक्री भएको छ ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावरको सर्वाधिक २४ करोड २२ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।








प्रतिक्रिया दिनुहोस्