Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


सरकारले भारत र अस्ट्रेलियासहित ६ देशमा खटिएका राजदूतलाई बाेलायाे फिर्ता

राजनीतिक कोटामा नियुक्ती लिएकालाई एक महिनाभित्र देश फर्किन पत्राचार

806
Shares

काठमाडाैं । सरकारले विभिन्न ६ देशमा खटिएका नेपाली राजदूतहरुलाई फिर्ता बोलाएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक कोटामा नियुक्त ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको हाे । सोही आधारमा परराष्ट्र मन्त्रालयले उनीहरूलाई एक महिनाभित्र फर्कन भन्दै साेमबार पत्र पठाएको छ । यसअघिको सरकारले राजनीतिक ‘कोटा’मा नियुक्त गरेका भारत, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, दक्षिण अफ्रिका र श्रीलंकामा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाइएको हो ।

राजनीतिक कोटामा राजदूत नियुक्त भई चित्रलेखा यादव (अस्ट्रेलिया), डा. शंकर शर्मा (भारत), सुम्निमा तुलाधार (डेनमार्क), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रका) र पूर्णबहादुर नेपाली (श्रीलंका)मा कार्यरत रहेका छन् ।