Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


सेयर बजारमा त्रास फैलाउने काम भइरहेको छ : अर्थमन्त्री वाग्ले


403
Shares

काठमाडौं ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा त्रास फैलाउने काम भइरहेको भन्दै सरकारले कुनै धरपकड अभियान नचलाएको स्पष्ट गर्नुभएको छ ।

सेजनले प्रकाशन गरेको अर्थमन्त्री वाग्लेकै लेखहरु समेटिएको पुस्तक अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टिः समृद्धि, असमानता र सुधारको वर्षौदेखिका बहस’ नामक पुस्तकको आज मन्त्रालयमा विमोचन गर्ने क्रममा उहाँले साना लगानीकर्तालाई आतंकित पार्ने अनुचित खेल भईरहेको भन्दै मन्त्री वाग्लेले साना लगानीकर्तामाथि कुनै कारबाही नहुने स्पष्ट पार्नुभयो ।

सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी रहेको भन्दै उहाँले पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्यो-बेच्यो भन्ने देख्न सकिने भएकाले यो प्रणाली विश्वसनीय रहेको समेत छ भन्नुभयो ।

सेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्र को रूपमा लिएको र प्रधानमन्त्रीले पनि अन्य क्षेत्रमा पनि स्टक मार्केटको जस्तो डिजिटलाइजेसन गर्न खोज्नु भएको उहाँले बताउनुभयो ।

पुस्तकमा मन्त्री वाग्लेका ८ वटा लेख समावेस गरिएको छ । विगतमा उठाइएका आर्थिक सुधारका एजेण्डा पुस्तकमा छन् भने सय अर्ब डलर माथिको अर्थतन्त्र पु¥याउने लक्ष्यका साथ डिजिटलाइजेसन, स्वच्छ ऊर्जा र पर्यटनलाई अर्थतन्त्रको मुख्य शक्तिका रूपमा प्रस्तुत गरिएको छ ।