Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, पर्यटन मन्त्रीमा शिवराज भट्ट नियुक्त


663
Shares

काठमाडाैं ।
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्।

उनको सिफारिसमा प्रदेश प्रमुखले शिवराज भट्ट लाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन्। नवनियुक्त मन्त्री भट्टको शपथ आजै हुने जनाइएको छ।

मुख्यमन्त्री शाह नेपाली कांग्रेस संसदीय दलका नेता हुन्। यस नियुक्तिसँगै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् १० सदस्यीय पुगेको छ।

मन्त्री नियुक्तिको सिफारिस अघि मुख्यमन्त्री शाहले संसदीय दलको बैठकसमेत राखेका थिए। उक्त बैठकले आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि सुझाव दिन तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।

संसदीय दलका प्रमुख सचेतक बिक्रम सिंह धामी को संयोजकत्वमा गठित समितिमा गीताकुमारी चौधरी र पदमबहादुर शाही सदस्य रहेका छन्।