Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


इरानमा बहुतले भवनमा आक्रमण कम्ती १३ मारिए


1.9k
Shares

एजेन्सी ।
इरानमा एउटा बहुतले भवनमा हवाई आक्रमण हुदाँ कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

राजधानी तेहरानको दक्षिण–पश्चिममा रहेको इस्लाम शहर नजिक भवनमा भएको हवाई आक्रमणमा २० जना भन्दा बढी मानिस घाइते भएको जनाइएको छ ।

स्थानिय संचारमाध्मका अनुसार यो आक्रमण शहर नजिकैको क्षेत्रमा भएको हो तर यो भवनलाई किन निशाना बनाइएको हो भन्नेबारे अनुसन्धान गरिरहेको अधिकारीहरुको भनाइ छ ।

आक्रमणबाट भवन र आशपासका क्षेत्रमा धेरै क्षति पुगेको बताइएको छ । भग्नावशेषबाट निकालिएका घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र अझै केही मानिस पुरिएको हुन सक्ने भएकाले मृतकको सख्या बढ्ने अनुमान गरिएको छ ।