Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


राष्ट्रिय स्तरकाे सार्वजनिक वक्तृत्वकला प्रतियोगिताकाे फिनाले भाेलि हुँदै


663
Shares

काठमाडौं । नेपालका ७७ वटै जिल्लाका युवाहरूको सहभागितामा ‘राष्ट्रिय स्तरिय सार्वजनिक वक्तृत्वकला प्रतियोगिता–२०२६’ को ग्राण्ड फिनाले भोलि मङ्गलबार काठमाडौँमा हुँदैछ।

The Rising Youth Network (आरवाईएन) ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

मध्यबानेश्वरस्थित Global School of Law मा हुने फाइनलमा तीन चरण पार गरेका उत्कृष्ट १० प्रतिस्पर्धीले ‘राष्ट्र निर्माण’, ‘युवा नेतृत्व’, ‘महिला सशक्तीकरण’ र ‘उद्यमशीलता’ विषयमा आफ्नो प्रस्तुति दिनेछन्।

निर्णायक मण्डलमा टीकाराम यात्री, शौनक भट्ट, प्रा. डा. निर्मल मणि अधिकारी र सरला कार्की रहनेछन्। कार्यक्रम ईमेज च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।

कार्यक्रमका संयोजक नारायण प्रकाश थापा ले प्रतियोगितालाई युवा नेतृत्व विकासको महत्वपूर्ण अभियानका रूपमा व्याख्या गरेका छन्। कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।