१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


अमेरिकाका चर्चित हास्यकलाकार कोस्बी यौनहिंसाको मुद्दामा दोषी ठहर


0
Shares

काठमाडौं, असोज १० । अमेरिकाका चर्चित हास्यकलाकार बिल कोस्बीलाई यौनहिंसाको मुद्दामा दोषी ठहर गर्दै तीनदेखि १० वर्षसम्मको जेल सजाय सुनाइएको छ ।

पेन्सेल्भेनियाका न्यायाधीशले ८१ वर्षीय कोस्बीलाई ‘हिंस्रक यौन आक्रमणकारी’को संज्ञा दिएका छन् ।

कोस्बीले आजीवन मनोपरामर्शदाताको सहयोगसमेत लिनुपर्ने भनिएको छ ।

गत अप्रिलमा भएको मुद्दाको सुनुवाइकाक्रममा कोस्बी सन् २००४ मा एन्ड्रियाज कन्स्ट्यान्डलाई लागुपदार्थ दिएको र यौनहिंसा गरेको मुद्दामा दोषी ठहर भएका हुन् ।

अरु महिलाले पनि कोस्बीले आफूलाई यौनहिंसा गरेको आरोप लगाएका छन् ।

कोस्बी अमेरिकामा ‘मिटू’ अर्थात् ‘म पनि’ पीडित भन्ने यौन दुर्व्यवहारपीडित महिलाहरूको आन्दोलन सुरु भएपछि कैद सजाय पाउने पहिलो चर्चित कलाकार हुन् ।

सो आन्दोलनकाक्रममा अमेरिकाको मनोरन्जन उद्योग, राजनीति र अरु क्षेत्रका दर्जनौं शक्तिशाली पुरुषहरूमाथि विभिन्न आरोप लागेका छन् । (एजेन्सी)