Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सदनको मर्यादा कायम हुनेगरी काम हुन्छः नवनिर्वाचित सभामुख अर्याल


260
Shares

काठमाडाैं । नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सभामुख निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिँदै उहाँले संविधान र कानूनको पालना गर्दै सबै सांसदहरुको सम्मान हुनेगरी आफू अघि बढ्ने समेत बताउनुभयो ।

नवनिर्वाचित सभामुख अर्यालले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘संविधान, कानून राम्रोसँग हेरेको छु मैले । त्यसलाई पालना गरेर सबै माननीय ज्यूहरुलाई सम्मान हुने किसिमबाट सदनको मर्यादा कायम हुने किसिमबाट काम हुन्छ । निष्पक्ष भूमिका निर्वाह हुनुपर्छ, हुन्छ ।’

नवनिर्वाचित सभामुख अर्यालले संविधान र कानूनको ज्ञान आफूलाई राम्रोसँग भएकाले संसदलाई सोहीअनुसार अघि बढाउने बताउनुभयो ।