
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ नेपाली सामान्य उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भएका छन् ।
आबुधाबीस्थित नेपाली दूतावासले शनिवार एक विज्ञप्ति जारी गर्दै नेपालीहरूको अवस्थाबारे जानकारी दिएको हो । घाइते भएका सातै जनासँग दूतावासका कर्मचारीले सम्पर्क गरी कुरा भइरहेको विज्ञप्तिमा उल्लेख छ । घाइतेमध्ये एक जना अस्पतालबाट डिस्चार्ज हुन बाँकी रहेको र उनको पनि अवस्था खतरामुक्त रहेको दूतावासले जनाएको छ ।
गतशुक्रबार इरानबाट प्रहार गरिएको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले सफलतापूर्वक अवरोध गरेपछि त्यसका भग्नावशेष अबुधाबीको अजबान क्षेत्रमा खसेका थिए । यस घटनामा ७ नेपालीसहित कुल १२ जना घाइते भएका थिए, जसमा बाँकी ५ जना भारतीय नागरिक रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्