काठमाडाैं । काठमाडौंमा रवि लामिछाने र ज्ञानबहादुर शाहीबीच शनिबार भेटवार्ता भएको छ।
शाही बूढानीलकण्ठस्थित लामिछानेको निवास पुगेका थिए करिब एक घण्टा छलफल भएको जनाइएको छ।
भेटमा संसदीय राजनीति र प्रतिनिधिसभाको उपसभामुख पदका लागि सम्भावित सहकार्यबारे कुराकानी भएको बताइएको छ।
यसअघि सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध चयन भइसकेकाले उपसभामुख अन्य दललाई जाने सम्भावना रहेको छ। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै दलबाट हुन नपाउने र एक पदमा महिला अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ।








प्रतिक्रिया दिनुहोस्