काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेरबारे फैलिएको चर्चा सत्य नभएको स्पष्ट पारेको छ। यस विषयमा कुनै छलफलसमेत नभएको अर्थ मन्त्रालयले जनाएको हो ।
केही समयअघि ‘सुशासन मार्गचित्र समिति’ले न्यूनतम उमेर ७५ वर्ष राख्न सिफारिस गरेपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छलफल बढेको थियो। तर मन्त्रालयले सो सिफारिसमाथि कुनै आधिकारिक निर्णय नभएको बताएको छ।
हाल एकल महिला र कर्णाली क्षेत्रका ज्येष्ठ नागरिकलाई ६५ वर्षमा र अरु नागरिकलाई ७० वर्ष उमेर पुगेपछि वृद्धभत्ता दिइँदै आएको छ।
यो कार्यक्रम २०५२/५३ को बजेटबाट सुरु भएको हो। सुरुमा मासिक १०० रुपैयाँ प्रदान गरिन्थ्यो भने अहिले मासिक रकम ४ हजार रुपैयाँसम्म पुगेको छ।









प्रतिक्रिया दिनुहोस्