Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


काठमाडाैंमा मध्यराति प्रहरीको ‘स्वीप अपरेसन’, १२ जना पक्राउ


7k
Shares

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले गुन्डागर्दीमा संलग्न रहेको आरोपमा कम्तिमा १२ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति सञ्चालन गरेको ‘स्वीप अपरेसन’मार्फत उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा प्रविण तामाङ, बिर्जु महर्जन, सुजन कार्की, सरु हुमागाईं, सञ्जिव लामा, सुरेश गिरी, अशोक गिरीलगायत रहेका छन् । उनीहरू उपत्यकाका विभिन्न क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप छ ।