Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ


3.2k
Shares

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनलाई शुक्रबार पक्राउ गरिएको हो।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान भइरहेको छ । सोही क्रममा सीआईबीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेको अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ।