काठमाडौं । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स देशभित्र पठाएका छन् ।
नेपाल राष्ट्र बैंकको विवरण अनुसार रेमिट्यान्स आप्रवाहमा ३७ दशमलव ७ प्रतिशतले बढेको हो । गत वर्षको यहि अवधिमा रेमिट्यान्स आप्रवाह ९ दशमलव ५ प्रतिशतले बढेको थियो । गत फागुनमा १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ बराबर थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७३ हजार ५ सय ३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५१ हजार ९ सय ८५ रहेको छ ।








प्रतिक्रिया दिनुहोस्