काठमाडौं । नेपाली कुस्ती खेलाडीहरूले किर्गिस्तानको बिस्केकमा हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
अप्रिल ५–१२ सम्म हुने सिनियर एसियाली कुस्ती तथा अप्रिल १२–१४ सम्म हुने एसियाली बेल्ट कुस्ती एलिस प्रतियोगितामा नेपालबाट दुई खेलाडी सहभागी हुनेछन् । पुरुष ७४ केजीमा सुरेश चुनारा र ९७ केजीमा त्रिलोकीप्रसाद यादवले प्रतिस्पर्धा गर्नेछन् ।
टोलीको प्रशिक्षक मुम्ताज अली इद्रिसी रहेका छन् । तीन सदस्यीय टोली चैत २४ गते किर्गिस्तान प्रस्थान गर्नेछ । साथै, नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी पनि एसिया काउन्सिलको साधारण सभामा सहभागी हुन त्यसतर्फ जाने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया दिनुहोस्