Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


अध्यक्ष ओली पक्राउको विषय एमालेले संसद्‌मा उठाउने


793
Shares

काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विषय प्रतिनिधिसभामा उठाउने तयारी गरेको छ ।

हालै निर्वाचित संसद्को पहिलो बैठकमै एमालेले उक्त विषयमा आपत्ति जनाउँदै रिहाइको माग गर्ने तयारी गरेको हो ।

आजको बैठकमा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले धारणा राख्ने बताइएको छ । एमालेले ओलीलाई जेनजी आन्दोलनको घटनामा प्रतिशोधपूर्ण रूपमा पक्राउ गरिएको भन्दै विरोध जनाउँदै आएको छ ।

संसद्मा पनि यस विषयमा आवाज उठाउँदै कानुनी राज्यको माग गरिने एमाले सांसदहरूले बताएका छन् ।