Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


देशैभरी हनुमान जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै


104
Shares

काठमाडाैं । चैत्र शुक्ल पूर्णिमाका दिन बिहीबार हनुमान जन्मजयन्ती भव्य रूपमा मनाइएको छ ।

हिन्दु धर्मावलम्वीहरूले भगवान हनुमानको जन्मोत्सवको रूपमा यो पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन् । देशका विभिन्न भागमा हनुमान मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ । काठमाडौंको प्रसिद्ध हनुमानढोका, साँखु, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रमा बिहानैदेखि पूजा–आराधना, हनुमान चालीसा पाठ र भजनकीर्तनको कार्यक्रम आयोजना गरिएको छ । भक्तहरूले सिन्दुर, लड्डु, फलफूल र माला चढाएर हनुमानजीको दर्शन गरेका छन् ।

हनुमानलाई बल, बुद्धि, भक्ति र संकटमोचकको प्रतीक मानिन्छ । भगवान रामका परम भक्त हनुमानको जन्म चैत्र महिनाको पूर्णिमा तिथिमा भएको मान्यता छ । यो दिन भक्तहरूले ब्रत–बन्धन गरेर हनुमानको पूजा गर्दा शारीरिक तथा मानसिक शक्ति प्राप्त हुने विश्वास गरिन्छ । प्रधानमन्त्री कार्यालयले पनि सामाजिक सञ्जालमार्फत हनुमान जन्मजयन्तीको शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता र भक्तिको भावनालाई प्रोत्साहन दिन आह्वान गरेको छ ।

साेही अवसरमा विभिन्न धार्मिक संघ–संस्था, मठ–मन्दिर र स्थानीय समुदायले भजन–कीर्तन, सत्सङ्ग तथा प्रसाद वितरणका कार्यक्रम राखेका छन् । विशेष गरी बालबालिकाहरूले हनुमानको भेषभूषा धारण गरेर रमाइलो गर्दै पर्व मनाएका छन् ।