Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


दसैँ मनाउन गाउँ फर्कनेको लर्को, ४ लाख ९६ हजारले छाडे उपत्यका


78
Shares

काठमाडौं ।

बडादसैँको महाअष्टमीका दिन आइतबार पनि काठमाडौँ उपत्यकाबाट घर फर्कने यात्रुको चाप देखिएको छ। नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायतका क्षेत्रमा यात्रुको भीड लागेको छ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

उनका अनुसार अष्टमीको बिहान उपत्यका छाड्ने सवारीसाधनको चाप बढी भए पनि त्यसपछि क्रमशः घट्दै गएको छ। दसैँ मनाउन सर्वसाधारण गाउँ फर्किन थालेपछि उपत्यकाका सडकमा सवारीसाधनको चापसमेत कम हुँदै गएको छ।

Skip This