Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


देशका ५ प्रदेशमा आज भारी वर्षा हुँदै


4.4k
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

बिहीबार बिहान कोशी र सुदूरपश्चिम लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।

त्यस्तै, बिहीबार दिउँसो भने हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराईका भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

त्यस्तै, बिहीबार राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । साथै बाँकी पहाडी तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे।

गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।