Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध निर्वाचित


663
Shares

काठमाडाैं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा (बादल) निर्विरोध निर्वाचित भएका छन्।

नेताका लागि थापा र सुहाङ नेम्वाङले दाबी गरेका थिए।

सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने तयारी भए पनि नेम्वाङले प्रस्तावक र समर्थक जुटाउन नसकेपछि उम्मेदवारी अघि बढ्न सकेन।

यससँगै चुनाव नगरी नै थापा संसदीय दलको नेतामा निर्विरोध चयन हुने निश्चित भएको हो।