Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


काँग्रेस संस्थापनइतर नेताहरुको केन्द्रिय समिति बैठक आज पनि जारी


585
Shares

काठमाडाैं ।
नेपाली काँग्रेस संस्थापनइतर नेताहरुको केन्द्रिय समिति बैठक शुरु भएको छ ।

मंगलवार (हिजो)बाट शुरु भएको बैठकलाईं निरन्तरता दिइएको हो । पार्टीको आधिकारिता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेका पूर्णबहादुर खड्का–शेखर कोईराला समूहले आगामी दिनको रणनीति तय गर्न छलफल थालेको हो ।

काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा बसेको बैठकमा १४ औं केन्द्रिय कार्यसमितिमा रहेका यो समूहमा भएकाहरू सहभागी छन् ।

आजको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी हुनुभएको छ । संस्थापन इतर पक्षले आफ्नो समूहको गतिविधि अघि बढाएको पनि संस्थापन पक्षले भने आपत्ति जनाउँदै कारबाहीको तयारी गरेको छ ।