Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


मलेसियाका पूर्वप्रधानमन्त्री रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर

जरिवाना स्वरूप १ अर्ब ३० करोड अमेरिकी डलर भुक्तानी गर्न अदालतको आदेश

1.4k
Shares

एजेन्सी । उच्च अदालतले मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १ अर्ब ३० करोड अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ।

पदीय मर्यादा विपरीत कार्य गरेको ठहर गर्दै अदालतले रजाकलाई करिब १५ खर्ब ६७ अर्ब ४३ करोड नेपाली रूपैयाँ जरिवाना र क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो । यो वित्तीय घोटालालाई विश्वकै ठूलो मानिएको हाे । मलेसियाका सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै अर्न्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यो फैसलाले मलेसिया मात्र होइन, विश्वभरका भ्रष्ट शासकहरूका लागि ’खतराको घण्टी’ बजाइदिएको छ। सरकारी लगानीको कम्पनी एसआरसी इन्टरनेसनलले दायर गरेको देवानी मुद्दामा अदालतले रजाकलाई कम्पनीको अर्बौं डलर नोक्सानीका लागि व्यक्तिगत रूपमा जिम्मेवार ठहर्‍याएको हो।

अदालतको अनुसन्धानले रजाकको हिनामिना गर्ने शैली निकै योजनाबद्ध रहेको फेला पारेको छ। उनले राज्यको निवृत्तिभरण कोष बाट एसआरसी इन्टरनेसनललाई ४ अर्ब रिंगिट ऋण दिलाएका थिए। तर, उक्त ऋण रकमको सदुपयोग गर्नुको साटो ३ अर्ब ६० करोड रिंगिट कुनै पनि कानूनी सुपरीवेक्षण र प्रक्रिया बिना नै ’अफसोर’ खाताहरूमा पठाएर सकाएको ठहर गरिएको छ । रजाकले सरकारी कोषको रकम सिधै आफ्नो निजी खल्तीमा पुर्‍याएको पनि पुष्टि भएको छ। अनुसन्धानका क्रममा उनको व्यक्तिगत बैंक खातामा मात्रै १२ करोड अमेरिकी डलर पुर्‍याइएको फेला परेको थियो।

अदालतले यसलाई शक्तिको चरम दुरुपयोग र राज्य कोषमाथिको डकैतीका रूपमा व्याख्या गरेको छ ।