Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


आईपीएल क्रिकेटमा पञ्जाब किङ्सकाे गुजरात टाइटन्समाथि विजयी शुरूवात

आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्टले दिल्ली क्यापिटल्सकाे सामना गर्दै

156
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले विजयी शुरुवात गरेको छ ।

भारतकाे न्यु चन्डीगढमा मंगलबार राति भएको खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेकाे हाे । गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ बनाएको थियो । जितका लागि १ सय ६३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ ओभर १ बलमा ७ विकेट गुमाउँदै भेटाएकाे हाे। उसका कूपर कोनोलीले डेब्यूमै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले अविजित ७२ रन बनाएका छन् ।

गुजरातले सन् २०२२ मा एक पटक उपाधि जितेको छ । पञ्जाब भने अहिलेसम्म उपाधिविहीन अवस्थामा रहेकाे हाे । अघिल्लो संस्करणमा पञ्जाब उपविजेता बनेको थियो । आईपीएल क्रिकेटमा बुधबार लखनउ सुपर जायन्टले दिल्ली क्यापिटल्सकाे सामना गर्ने भएकाे छ । खेल भारतकाे लखनउमा नेपाली समय अनुसार बुधबार राति पौने ८ बजेदेखि शुरु हुने भएकाे हाे ।