सविना अछामे, खोटाङ ।
केपिलासगढी गाउँपालिका–७ सुङ्देलका सामुदायिक वनहरूमा चोरी शिकारीका कारण रेडपाण्डा घटको छ ।
चैत १७ गते दिक्तेलको होटल शुभदिनमा आयोजित रेडपाण्डासम्वन्धी जिल्लास्तरीय सरोकारवालाहरूसंगको समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो ।
सुङ्देलको दयालुबमा, देवीखर्क र बुङबुङे सामुदायिक वनमा भएको रेडपाण्डा चोरी शिकारीले मार्ने गरेको खोटाङमा रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गरिरहेको जनकल्याण समाज नेपालका अध्यक्ष विरेन्द्र मगरले सुनाएका छन् । उनका अनुसार ठाउँमा पासोमा पारेर रेडपाण्डा मारिने गरेको हो । त्यस क्षेत्रमा रेडपाण्डाको चिन्ह पाइए पनि अहिलेसम्म कसैले नदेखेको र क्यामेर ट्रयाप राखिए पनि अहिलेसम्म नदेखिएको मगरले जनाएका छन् ।
रेडपाण्डा नेटवर्क र सहयोगमा जनकल्याण सेवा समाजको सहकार्यमा जिल्लाको दुई स्थानीय तहको १० वटा सामुदायिक वनहरूमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
केपिलासगढी गाउँपालिका–१ फेदीको चिलिम लाहुरे, बगाले, फुङ्गालुङ, छिमालुङ, बैशाखे वालिखा, उक्त गाउँपालिकाकै वडा नं ७ सुङ्देलको दयालुबमा, देवीखर्क र बुङबुङे तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको कोप्चे र मेरुङ सामुदायिक वनमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
सुङ्देलका सामुदायिक वनहरूमा बाहेक अन्य सामुदायिक वनहरूमा भने रेडपाण्डा फेला परेको मगरले बताएका छन् । रेडपाण्डा संरक्षणका लागि हेरालु समेत राखिएको छ । १० मध्ये ७ वटा सामुदायिक वनमा दुई जनाका दरले हेरालु राखिएको छ । हेरालुले प्रत्येक ३ महिनामा एक चोटी गरी वर्षमा ४ पटक रेडपाण्डा अनुगमन गर्ने गरेका छन् । उनीहरूले रेडपाण्डा अनुगमन गरेवापत एक चोटीमा जनही ४ हजार रूपैयाँका दरले पाउने गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्