Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


नवनिर्वाचित सांसदहरुले वरिष्ठ नेता र विज्ञहरुसँग सरसल्लाह गरेर अघि बढ्नुस्’: डा. शेखर कोईराला


1.1k
Shares

काठमाडाैं । नेपालीकाँग्रेसका नेता डा. शेखर कोईरालाले नवनिर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई संसदमा प्रभावकारी भुमिका निर्वाह गर्न वरिष्ठ नेता र विज्ञहरुसँग नियमित सरसल्लाह गर्न सुझाव दिनुभएको छ ।

सोमवार धुम्बाराहीमा नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै नेता कोईरालाले संसदमा आउने विभिन्न विषय र मुद्दाहरुमा गहिरो अध्ययन र छलफलको आवश्यकता रहेको बताउनुभएको हो ।

यस पटक वरिष्ठ र पुराना सांसदहरु धेरै नभएको उल्लेख गर्दै कोईरालाले उनीहरुको अनुभवबाट लाभ लिन नवनिर्वाचित सांसदहरुलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसले यस्ता कार्यक्रमहरु पहिलेदेखि नै गर्दै आएको स्मरण गर्दै उहाँले नवनिर्वाचित सदस्यहरुलाई सफल कार्यकालको शुभकामना समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ यो सबै कुरा हामी नेपाली काँग्रेसका साथीहरुले पहिले पनि हामीले गरिराख्या हो, पहिले पहिले पनि र अहिले पनि हामीले यो यस्ता कार्यक्रमहरु गरिराख्या हुन्छौँ । तपाईंहरु सित सधैँ हामीहरुको भेटघाटहरु भई रहन्छ र संसदमा के भई राखेको छ, कसो भई राखेको छ, हामी संसद बाहिर छौँ धेरै साथीहरु यस पटक ।

त्यो कुरालाई पनि तपाइँहरुले ध्यान दिएर संसदमा कसरी जाने, के गर्ने धेरै पुराना साथीहरु, म भन्दा पनि धेरै पुराना साथीहरु, वरिष्ठ साथीहरु यहाँ हुनुहुन्छ । उहाँहरुसित, हामीहरु सित सरसल्लाह पनि गर्नुहोला ताकि धेरै इस्युजहरु आउँछ संसदमा, त्यो इस्युजलाई पनि तपाइँहरुले मध्यनजर गरिइकन एक्सपर्टहरु सित, विज्ञहरु सित तपाइँहरुलाई कुनै जरुरत पर्छ छलफल गर्नुपर्छ भने हामी तयार छौँ ।’ कार्यक्रममा काँग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।