Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


रोस्ट शैलीको कमेडी शो ‘कमेडी बाज’आउँदै


39
Shares

काठमाडाैं ।
नेपाली कमेडी क्षेत्रमा नयाँ रोस्ट शैलीमा आधारित रियालिटी शो ‘कमेडी बाज’ ल्याइँदै छ।

कमेडियन सुन्दर खनालको निर्देशनमा तयार भइरहेको कार्यक्रम आगामी वैशाखको पहिलो सातादेखि प्रसारण गर्ने तयारी गरिएको छ।

कार्यक्रममा सीता न्यौपाने, सुशान्त बस्याल र आशिष न्यौपाने प्रस्तोताका रूपमा देखिनेछन् भने होस्टको भूमिकामा मिस नेपाल २०२५ की प्रतिस्पर्धी आरती थापा रहनेछिन्। निर्देशक खनाल स्वयं पनि कार्यक्रममा सक्रिय रूपमा सहभागी हुनेछन्।

इमेज टिभीसँग आधिकारिक प्रसारण सहकार्य गरिएको उक्त शो युट्युबसहित राष्ट्रिय टेलिभिजनमार्फत प्रसारण गरिनेछ। साथै, कार्यक्रममा समय–समयमा चर्चित अनुहारहरू गेस्ट पर्फर्मरका रूपमा सहभागी हुने बताइएको छ।