काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।
शनिबार सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा एक साताभित्र समिति गठन गर्ने उल्लेख गरिएको छ । समितिलाई घटनाको तथ्य संकलन, विश्लेषण र जिम्मेवार पक्ष पहिचान गरी निर्धारित समयभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइनेछ ।
साथै, समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही अघि बढाइने सरकारको तयारी छ ।








प्रतिक्रिया दिनुहोस्