Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


देश निर्माणका लागि भाषण भन्दा व्यवहारिक काम आवश्यक: अध्यक्ष राई


247
Shares

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देश निर्माणका लागि भाषण भन्दा व्यवहारिक काम आवश्यक रहेको बताउनुभएको छ ।

पार्टी सदस्यता वितरण गर्न काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष राईले राजनीतिक नेतृत्वले अब नाराभन्दा परिणाममुखी काममा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकको सक्रिय सहभागिता बिना विकास सम्भव नहुने भन्दै मुलुकको विकासका लागि श्रमदान अपरिहार्य रहेको बताउनुभएकाे छ । ठूलो संख्यामा नागरिकको श्रम परिचालन गर्नसके मात्र विकासले गति लिने भन्दै उहाँले श्रम संस्कृति पार्टीमा कम्तिमा एक करोड श्रमदाता जोड्ने लक्ष्य रहेको बताउनुभयो ।

सरकारले गर्न नसक्ने कामहरु समेत नागरिकको स्वस्फूर्त श्रमदानले सम्भव हुने अध्यक्ष राईको भनाइ छ । उहाँले दार्चुलामा श्रमदानमार्फत पुल निर्माण गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो ।