Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


रैथाने स्वाद आठपहरिया सामुदायिक होमस्टे (भिडियाे रिपोर्ट)


0
Shares

प्रकाश लिम्ब, तेह्रथुम । पहाडी काखमा, शहरको चहलपहल र आधुनिकताको कोलाहलबाट केही पर रहेको धनकुटा नगरपालिकाको स्याउले सिप्तिङ गाउँ आजकल मौलिक संस्कृति, रैथाने स्वाद र सामुदायिक आत्मीयताको अद्भुत संगमका रूपमा परिचित हुँदै गएको छ ।

यहाँ सञ्चालनमा रहेको “स्याउले सिप्तिङ आठपहरिया सामुदायिक होमस्टे” केवल बसोबासको सुविधा मात्र नभई, जीवित संस्कृति अनुभव गर्ने स्थलका रूपमा स्थापित हुँदै गएको छ । एक रिोर्ट

धनकुटा नगर क्षेत्रमा सिमित बसोबास रहेको आठपहरिया समुदाय आफ्नै भाषा, कला, संस्कार र जीवनशैलीका कारण विशिष्ट मानिन्छ । यही मौलिक पहिचान संरक्षण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले यो समुदायले होमस्टे सञ्चालनमा ल्याएको छ ।

यहाँको भान्सामा परोसिने परिकारहरू केवल खानामा सीमित छैन्न, ती परिकार संस्कृति र परम्पराका प्रतिनिधि मानिन्छ् । पाहुनाहरूले यहाँ ‘दुना–टपरी’ बनाउने सीप, ‘गुन्द्री’ बुन्ने कला तथा स्थानीय सामग्रीबाट तयार गरिने घरायसी वस्तुहरूको निर्माण गर्ने शीप प्रत्यक्ष रूपमा अनुभव गर्न पाउँछन्। ।

स्थानीय चामलको भात, दाल, तरकारीसँगै वाचिप्पा, धुले अचार, सेलरोटी जस्ता परिकारहरूले पाहुनालाई घरकै स्वादसँगै समुदायको मौलिक संस्कृति प्रस्तुत गर्ने गरेको होमस्टेका अध्यक्ष हिराबहादुर राई बताउँछन् ।