शुभकला राई, ओखलढुंगा ।
कुनै समय तामाका ‘डोली पैसा’ काट्ने मुख्य केन्द्रका रूपमा रहेको ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ मा रहेको टक्सार संरक्षणको पर्खाइमा छ ।
टक्सारको खोजबिन र व्यवस्थापन हुन नसक्दा ऐतिहासिक प्रमाणहरू नै मेटिने जोखिम बढेको छ । धेरै वर्ष पहिले टक्सार गाउँमा तामाका टक अर्थात डोली पैसा काट्ने गरिन्थ्यो ।
टक काटिएको ठाउँमा टक काट्दा प्रयोग गरिएका ढुंगाका फ्रेम अहिले पनि सुरक्षित छन् । टक काट्नका लागि तामा प्रशोधन गर्दा निस्किएको ‘किट’ खोल्साखोल्सीमा भेटिने गरेको छ ।
यही काटिएका चारपाटे चेप्टा डोली पैसा अझै पनि बुढापाकासँग भेटिने गरेको छ ।








प्रतिक्रिया दिनुहोस्