Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


ट्याक्टर र मोटरसाईकल ठोक्किँदा दुई जना घाईते


78
Shares

काठमाडाैं । रुकुम पश्चिमको चौरजहारीमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोकिदा दुई जना घाईते भएका छन् ।

बिहिबार दिउँसो चौरजहारी नगरपालिका -२ पिपलरुख नजिकै सु.प्र.०१००२ त ६७५६ नम्वरको ट्याक्टर र क.प्र. ०३००१ प ०३१५ नम्वरको मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा रहेका दुई जना घाईते भएको प्रहरीले जनाएको छ ।


यातायात कार्यालयबाट भेरीखोलातर्फ जाँदै गरेको ट्याक्टर र स्यालखोलाबाट बजारतर्फ जाँदै गरेको मोटरसाईकल एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार घाईते हुनेहरुमा चौरजहारी नगरपालिका -३ निवासी मोटरसाईकल चालक ४२ वर्षीय गोविन्द पोखरेल र चौरजहारी नगरपालिका -१ निवासी ३५ वर्षीय जमुना पुन रहेका छन् ।

दुबै जनालाई उपचारको लागि चौरजहारी अस्पतालमा भर्ना गरिएको छ । चालक पोखरेलको छाती र खुट्टामा चोट रहेको छ भने मोटरसाईकल पछाडी सवार पुनको दुवै खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ । प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।