 
	    इलाम, असोज १० । शिक्षक सेवा आयोगको परीक्षाका कारण इलाम सदरमुकामका होटल भरिभराउ भएका छन् ।
इलाम सदरमुकाममा परीक्षा सन्चालन हुने हुँदा गाउँगाउँबाट आएकाहरु होटलमा बस्ने भएकाले भरिभराउ भएका हुन् ।
सदरमुकामभित्रका होटल भरिएपछि बाहिरबाट आएका पर्यटकसमेत अटाउन नसक्ने स्थिति भएको छ ।
परीक्षार्थी र पर्यटकलाई सहयोग गर्न विभिन्न विद्यार्थी संगठनहरुले हेल्प डेस्क नै स्थापना गरेर सेवा दिइरहेका छन् ।
कतिपय परीक्षार्थीले होटल नपाएको गुनासो गरिरहेका छन् ।
अन्तरजिल्ला परीक्षा भएका कारण पनि समस्या भएको परीक्षार्थीको गुनासो छ ।
इलाममा पाँचथर र ताप्लेजुङका परीक्षार्थीको परीक्षा केन्द्र कायम गरिएको छ ।
शिक्षक सेवा आयोगको परीक्षाअन्तर्गत् यही असोज ११ गते माध्यमिक तह, १२ गते निम्नमाध्यमिक तह र १३ गते प्राथमिक तहको परीक्षा सन्चालन हुँदैछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्