Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


ठमेलमा अवैध यौन क्रियाकलाप गर्ने २० विदेशी महिला पक्राउ


4.1k
Shares

काठमाडौं।
काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक स्थानमै अवैध रूपमा यौन व्यवसाय सञ्चालन गरी सर्वसाधारण तथा पर्यटकलाई दु:ख हैरानी दिएको आरोपमा प्रहरीले २० जना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ।

ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई लक्षित गरी केही व्यक्तिहरूले सार्वजनिक स्थलमै पैसामा बार्गेनिङ गर्दै यौन धन्दा सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा चेकजाँच तीव्र बनाएको थियो। सोही क्रममा काठमाडौं महानगरपालिका–२६ स्थित फायरचोक आसपास सार्वजनिक सडक खण्डबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका महिलाहरूले बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक तथा सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरी हैरानी दिने गरेका थिए।

पक्राउ परेका सबै महिला अफ्रिकी मुलुक युगान्डाका नागरिक रहेको जनाइएको छ। उनीहरू ठमेल क्षेत्रमै बसोबास गर्दै आएको खुलेको छ।

घटनामा संलग्न २० जनालाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले पर्यटकीय क्षेत्रमा यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी अझ कडा बनाइने पनि स्पष्ट पारेको छ।