Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


इच्छामृत्यु अनुमति पाउने भारतका पहिलो व्यक्ति हरिश राणाको निधन


18k
Shares

काठमाडौं ।

भारतमा निष्क्रिय इच्छामृत्युका लागि अनुमति पाउने पहिलो व्यक्ति हरिश राणाको मंगलबार नयाँ दिल्लीको एम्समा निधन भएको छ ।

गत ११ मार्चमा भारतको सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाउँदै उनलाई निष्क्रिय इच्छामृत्युको अनुमति दिएको थियो।

समाचार संस्था पीटीआईका अनुसार ३१ वर्षीय राणा सन् २०१३ देखि अचेत अवस्थामा थिए। उनलाई मार्च १४ मा गाजियाबादस्थित घरबाट उक्त संस्थानको पीडानिवारण सेवा कक्षमा सारिएको थियो।

पञ्जाब विश्वविद्यालयमा प्राविधिक अध्ययनरत रहेका राणा सन् २०१३ मा चौथो तल्लाबाट खसेपछि टाउकोमा गम्भीर चोट लागेको थियो। त्यसयता उनी अचेत अवस्थामा नै राखिएका थिए र कृत्रिम आहार तथा अक्सिजन सहयोगमा राखिएको थियो।

उनका बुबाका अनुसार भारतमा पहिलोपटक सर्वोच्च अदालतले उनलाई ‘स्वेच्छिक मृत्यु’ को अनुमति दिएको थियो ।