Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


हर्मुज नाका खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम


0
Shares

काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हर्मुज समुद्री नाका खुला गर्न इरानलाई ४८ घन्टाको अल्टिमेटम दिनुभएको छ ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले ४८ घन्टाभित्र हर्मुज पूर्ण रूपमा खुला नगरे इरानका प्रमुख उर्जा उत्पादन केन्द्रहरु ध्वस्त बनाउने चेतावनी दिनुभएको हो ।

इरानले ४८ घन्टाभित्र हर्मुज नाका पूर्ण रूपमा खुलाउँदैन भने अमेरिकाले उसका विभिन्न उर्जा केन्द्रहरू ध्वस्त पार्नेछ भन्दै उहाँले त्यसको सुरूवात सबैभन्दा ठूलो उर्जा केन्द्रबाट हुने धम्की पनि दिनुभएको छ ।

अमेरिका र इजरेलले इरानमाथि आक्रमण गरेपछि इरानले हर्मुज जलमार्ग बन्द गराएको छ जसका कारण एशिया र युरोपमा इन्धनको चरम अभाव देखिएको छ । हर्मुज जलमार्ग हुँदै इन्धन ढुवान गर्न जाने पानी जहाजहरुलाई इरानले निशाना बनाएकाले यो मार्ग लगभग ठप्प अवस्थामा छ ।

गत शुक्रबार इरानमाथि आक्रमणको उद्धेश्यहरू पुरा भईसकेको बताए पनि इरानलाई नयाँ चेतावनी दिनुभएको हो । उता, ट्रम्पको धम्कीपछि इरानले पनि खाडी क्षेत्रका उर्जा केन्द्रहरुलाई निशाना बनाउने धम्की दिएको छ । खाडी क्षेत्रमा रहेका अमेरिका सम्वद्ध रहेका उर्जा केन्द्रहरुमा आक्रमण गर्ने धम्की दिएको हो ।