Logo १४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026


नदीले बगाएर बेपत्ता भएकी बालिकाको शव १३ दिनपछि भेटियो


143
Shares

काठमाडौं ।
रुकुम पश्चिममा १३ दिन अघि नदीले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ।

गत फागुन २५ गते बाँफिकोट गाउँपालिकाको भाग्लेबाट बगेर बेपत्ता भएकी सपना ओलीको शव रुकुमको मुसिकोट नगरपालिका वडा नं. –१३ छिबाङ चौतारा मुनि सानिभेरी किनारमा फेला परेको हो ।

नदी किनारामा शव देखे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता बालिका सपनाका आफन्तहरु लाई बोलाएर शव पहिचान गरिएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका डिएस्पी बेद पौडेलले बताउनुभयो। विहेमा गएर फर्किएका तीन वालिकाले सानीभेरीले बगाएको थियो ।

दुई जनाको शव भने फागुन २६ मा नै फेला परेको थियो।