Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


भाेलि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ


2.9k
Shares

काठमाडाैं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ भोलि (सोमबार) हुने भएको छ।

केसीको शपथ भोलि बिहान सवा ११ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रम तय भएको छ। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउने छन्।

कानुनी व्यवस्थाअनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने र त्यसपछि अन्य सदस्यहरूलाई शपथ दिलाउने अधिकार पाउने व्यवस्था रहेको छ।

यसैअनुसार सङ्घीय संसद् सचिवालयले चैत १२ गते दिउँसो २ बजे नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ कार्यक्रम राखेको छ। सो अवसरमा केसीले २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने छन्।

सभामुख निर्वाचित नभएसम्म केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा सभाको अध्यक्षता गर्दै बैठक सञ्चालन गर्नेछन्।