Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


पाँच पटकसम्म राजीनामा दिएँ तर नेतृत्वले रोके, अब आफ्नै खर्चमा महाधिवेशन गर्छौँ: नेविसंघ सभापति शेर्पा


91
Shares

काठमाडाैं । लामो समयदेखि तदर्थवादमा अल्झिएको नेपाल विद्यार्थी संघले आगामी वैशाख २० र २१ गते आफ्नो १२ औं महाधिवेशन गर्ने मिति तय गरेको छ ।

नेविसंघ सभापति दुजाङ शेर्पाले पार्टी नेतृत्वले समयमै विधान उपलब्ध नगराउँदा महाधिवेशनमा ढिलाइ भएको खुलासा गर्नुभएको हो । शेर्पाकाअनुसार ३२ वर्षे उमेर हदबन्दी लागू भएपछि महाधिवेशनको म्याण्डेट पाएको वर्तमान कमिटीले विधान परिमार्जन गरी पार्टीलाई बुझाएको एक वर्ष हुन लाग्दा पनि पार्टीले त्यो विधान फिर्ता दिएको छैन । यदि विधान समयमै पाएको भए सेप्टेम्बर ८ भन्दा अगाडि नै महाधिवेशन भइसक्ने उहाँको भनाइ छ ।

सभापति शेर्पाले आफूले कार्यकालको बीचमा पाँच पटकसम्म पार्टी नेतृत्वलाई राजीनामा बुझाएको तर नेतृत्वले ‘अधिवेशन गराएर मात्र छोड्नु’ भन्दै रोकेको बताउनु भयो । उहाँले महाधिवेशन खर्चिलो हुने भ्रमलाई चिर्दै अत्यन्त कम खर्चमा भव्य अधिवेशन गर्ने योजना सुनाउनु भयो । यसका लागि विश्वभर छरिएका नेविसंघका पूर्व सदस्यहरूबाट पारदर्शी ढंगले कोष संकलन गरिने र पार्टीबाट आर्थिक सहयोग नलिइने उनले स्पष्ट पार्नुभयो । अब विद्यार्थीले आफ्नो नेता र नीति आफैं छान्ने बाटो खुलेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘नेपाल विद्यार्थी संघको हामीले वैशाखको २०–२१ मा १२ औं महाधिवेशन पनि तोकेका छौं । र तपाईंहरु को–को प्रतिनिधि जान इच्छुक हुनुहुन्छ साथीहरु यसलाई फेरि अब हामी अधिवेशनबाट भाग्ने छुट छैन । र अब विद्यार्थीहरुले आफ्नो नेता आफ्नो नीति आफैं बनाउनेछन् भनेर अब हामी पनि लामो समय भयो लगभग–लगभग चार वर्ष भयो । र यो बीचमा मैले पाँच पटक पार्टीको लिडरसिपलाई मैले रिजाइन पनि मैले दिएको थिएँ । अब यो कुराहरु मैले सामाजिक सञ्जालमा मिडियाहरुमा धेरै मैले भनेको छैन आजको दिनसम्म । तर मैले पहिलो स्ववियु चुनाव सकेपछि जुन मेरा कार्यकालमा तपाईंको १२ वर्षपछि स्ववियु निर्वाचन भयो, त्यसपश्चात पार्टीको लिडरशिपलाई रिजाइनको मैले निवेदन गरेको थिएँ । र उहाँहरुले अहिले अब अधिवेशन गरेपछि रिजाइन दिनु भनेर भन्नुभयो । त्यसपछि जुन दोस्रो स्ववियु निर्वाचन तपाईंको आउँदै गर्दाखेरी नयाँ लिडरसिपले यो स्ववियु निर्वाचन गर्नुपर्छ म रिजाइन दिन्छु किनभने मेरो म्यान्डेट भनेको अधिवेशन हो भनेर मैले त्यतिबेला पनि भनेको थिएँ । हैन लिडरसिपले तिमीले नै यो दोस्रो स्ववियु निर्वाचन पनि गर्नुपर्छ भनेर पार्टीको सबै पदाधिकारीहरु, पार्टीको सबै पदाधिकारीहरुले एक ठाउँमा बसेर,मिटिङ बोलाएर स्ववियु निर्वाचनमा जानु भनेर हामीलाई निर्देशन दिइसकेपछि त्यो कुरामा हामी फेरि स्ववियु निर्वाचनमा गयौं । र स्ववियु निर्वाचनमा पनि फेरि यो पटक पनि दोस्रो पटक नेपाल विद्यार्थी संघले पहिलो स्थानमा हामी स्थापित भयौं । र दोस्रो स्ववियु चुनाव सकिसकेपछि पनि हामीले लिडरसिपलाई अब यदि तपाईंहरुले हामीलाई विधान दिनुहुन्न भने हामी एउटा तपाईंको रिजाइनको बाटो दिनेछौं । र तपाईंलाई अर्को एउटा म दुःख लाग्दो कुरा भन्छु ।

पार्टीभित्र हाम्रो धेरै वैचारिक समूहहरु हुनुहुन्छ । र हुँदै गर्दाखेरी दोस्रो स्ववियु निर्वाचनमा हुँदै गर्दाखेरी मैले पार्टीको लिडरशिपलाई के भनेको थिएँ भने यहाँ धेरै साथीहरु बागी उम्मेदवार हुने तपाईंको आरोप–प्रत्यारोप गर्ने मलाई अनुशासन समिति चाहिन्छ । मलाई अनुशासन समिति मलाई पाउनको लागि मलाई तपाईंको लगभग तीन वर्षको समय लाग्यो मलाई । साढे दुईदेखि तीन वर्षको मलाई समय लाग्यो ।’ सभापति शेर्पाले विद्यार्थी नेताहरुले अब नेताहरूको झोला बोक्ने दिन सकिएको बताउनु भयो ।