Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सुन्धाराबाट खैरो हेरोइनसहित तीन जना पक्राउ


455
Shares

काठमाडौं । सुन्धारास्थित एक होटलबाट लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनकी ४० वर्षीया सपना गुप्ता, पोखराका २२ वर्षीय जोसिन बानियाँ र तनहुँका ज्योतिश्याम श्रेष्ठ रहेका छन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई आइतबार बिहान पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दएकाे छ । पक्राउ परेकाहरूको साथबाट प्रहरीले खैरो हेरोइन ८० ग्राम, डिजिटल तराजु, दुई लाख ९४ हजार रुपैँयासमेत बरामद गरेको छ ।