Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


पीएम कपको उद्घाटन खेल वर्षाका कारण स्थगित


143
Shares

काठमाडाैं । अविरल वर्षाका कारण प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटनका खेलहरु स्थगित भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पीएम कपको उद्घाटन खेलहरु स्थगित भएपछि टाेलीहरुले अंक बाँडेका हुन् ।प्रतियोगिताअन्तर्गत जनकपुरमा निर्धारित कोशी, मधेश प्रदेशको खेल शुरू हुनै सकेन भने वीरगञ्जमा निर्धारित कर्णाली र लुम्बिनी प्रदेशको खेल शुरू हुनेवित्तिकै रोकिएकाे थियाे। लुम्बिनीले ७ ओभरमा २० रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो । पानी परेर खेल रोकिएपछि सबै टोलीहरुले १/१ अंक पाएका छन् ।

यो प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोली– नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीसहित १० टोली सहभागी छन् । खेलहरु काठमाण्डौको मुलपानी क्रिकेट मैदान, मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा हुने भएका छन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको हाे ।