Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


विज्ञान–प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न महावीर पुनको माग


0
Shares

काठमाडौं ।पूर्वशिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुन ले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले युवाहरूको विदेश पलायन रोक्न र उद्यमशीलता विकास गर्न शक्तिशाली नवप्रवर्तन मन्त्रालय आवश्यक रहेको बताएका छन्।

उनले अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारका लागि कुल गार्हस्थ्य उत्पादनको कम्तीमा १ प्रतिशत बजेट छुट्याउनुपर्नेमा समेत जोड दिएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पुन विजयी भएका हुन्। यसअघि ‘जेनजी आन्दोलन’पछि शिक्षामन्त्री बनेका उनी उम्मेदवारीसँगै पदबाट राजीनामा दिएका थिए।

निर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने तय भएको छ।