Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने


78
Shares

काठमाडौं ।
पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०८२ काठमाडौंमा हुने भएकाे छ ।

उद्यमशीलता प्रवद्र्धन गर्दै युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यका साथ चैत ८ र ९ मा उक्त सम्मेलन हुन लागेको हो । सम्मेलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वलम्वन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले देशभरका लघुवित्त सदस्यदेखि विज्ञहरुको सम्मेलनमा सहभागिता रहने जानकारी दिनुभयो ।

उहाँकाअनुसार सम्मेलनले लघुवित्त सदस्यमा समृद्धि ल्याउनेबारे छलफल हुनेछ । श्रेष्ठले मुलुकमा लघुवित्तमार्फत गरिबीलाई शुन्यमा लैजानेबारे समेत सम्मेलनमा छलफल हुने जानकारी दिनुभयो । बेरोजगारीलाई शुन्यमा झर्दै लघुवित्तमार्फत नै मुलुकलाई समृद्धिको बाटोमा लैजान सकिनेमा उहाँको जोड थियो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘लघुवित्त सम्मेलनमा खासगरी सदस्यहरुमा समृद्धि ल्याउने, लघुवित्तलाई स्वच्छ बनाउने, उद्यमशीलता प्रवद्र्धन गर्ने, गरिबीलाई शुन्य बनाउने, बेरोजगारीलाई शुन्यमा झार्ने, लघुवित्तलाई वातावरणमैत्री बनाएर थ्री जीरो भ्यलेज बनाउनेबारे सम्मेलनमा छलफल हुनेछ ।’

अध्यक्ष श्रेष्ठका अनुसार सम्मेलनमा देशभरका लघुवित्त संस्थाका सदस्य तथा सरोकारवालाको सहभागिता रहनेछ । लघुवित्त क्षेत्रको वर्तमान अवस्था, चुनौती र उद्यमशीलता प्रवद्र्धनका विषयमा छलफल हुने आयोजकको भनाइ रहेको छ ।