Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


रास्वपा प्रशिक्षणमा सहभागी सांसदहरु उत्साहित (भिडियाे रिपोर्ट)


260
Shares

काठमाडाैं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरुले पार्टी नेताहरुबाट अभिमुखिकरण प्रशिक्षण लिएका छन् ।

दुई दिनसम्म चलेको कार्यक्रममा सहभागी सांसदहरुले संसदमा खेल्ने भूमिकादेखि मुलुकको शासकीय गतिविधिका विषयमा प्रशिक्षण लिएका हुन् । प्रशिक्षणमा सहभागी सांसदहरु निकै उत्साहित पनि देखिएका छन् ।

निर्वाचनमा नराम्रो धक्का खाएका पुराना दलहरु निर्वाचन परिणामको समिक्षामा समेत जुट् नसकिरहेको बेला रास्वपाले नवनिर्वाचित सांसदहरुलाई सामान्य संसदीय प्रक्रियादेखि पार्टी सरकारमा पुगेपछि अपनाउनु पर्ने नीतिगत र अनुशासनका विषयमा प्रशिक्षण दिएको छ ।

निर्वाचनमा जनताले नपत्याएपछि पुराना दलहरुमा निकै छटपटी बढेको देखिन्छ । निर्वाचनबाट झण्डै दुई तिहाईको मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी भने निकै हौसिएको छ । पार्टीलाई जनताले ऐतिहासिक मत दिएपछि नेता, कार्यकर्ताहरुमा निकै उत्साह पनि देखिएको छ । पार्टीबाट यसपटक प्रतिनिधिसभामा अधिकांश नयाँ अनुहारहरु प्रवेश गर्दैछन् ।

त्यो हिसाबले पनि उनीहरुको प्रस्तुति कस्तो रहन्छ भन्नेमा धेरैको चासो छ । यही बीचमा पार्टीले नवनिर्वाचित सांसदहरुलाई अभिमुखिकरण प्रशिक्षण कार्यक्रम दिएको हो ।

दुई दिनसम्म चलेको यो कार्यक्रममा सांसदहरुलाई संसदीय गतिविधिदेखि मुलुकको शासन व्यवस्थाका विषयमा प्रशिक्षण दिइएको छ । प्रशिक्षणपछि सांसदहरु उत्साहित देखिएका छन् ।