Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


मुगुमा खोलाले बगाउँदा एक विद्यार्थी बेपत्ता


182
Shares

मुगु ।
मुगु कार्मारोगं गाउँपालिका मा पर्ने डोल्फु खोलाले बगाउँदा एक विद्यार्थी बेपत्ता भएका छन्।

प्रहरी चौकी पुलुका अनुसार सोरु गाउँपालिका–६ जिमा निवासी बिर्ख बहादुर कार्कीका १६ वर्षीय छोरा दिपेश कार्की बेपत्ता भएका हुन्।

दिपेश कार्की र सोरु–७ बुम्च निवासी १५ वर्षीय लाल बहादुर योगी मुगम कार्मारोङ गाउँपालिका–३ स्थित श्री नेपाल राष्ट्रिय आवासीय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए। दुवै जना सोही विद्यालयको होस्टेलमा बस्दै आएका थिए।

चैत ३ गते साँझ करिब ५ः३० बजे उनीहरू पौडी खेल्न नुहाउन भन्दै डोल्फु खोलास्थित ‘तियार बगर भन्ने स्थानतर्फ गएका थिए। सोही क्रममा करिब ६ बजे दिपेश कार्की ढुङ्गाबाट चिप्लिएर खोलामा खसेपछि बगेर बेपत्ता भएको उनका साथी लाल बहादुर योगीले जानकारी दिएका छन् ।

घटनाबारे प्रहरीलाई जानकारी गराइएपछि चैत ४ गते दिउँसो खोजी सुरु गरिएको हो। प्रहरी नायब निरीक्षक वीर बहादुर चन्दको कमाण्डमा प्रहरी, शिक्षक सहित विद्यार्थी गरी करिब २५–३० जनाको टोलीले घटनास्थल आसपास खोजी कार्य जारी राखेको छ।

हालसम्म बेपत्ता विद्यार्थीको अवस्था अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरी नायब उपरिक्षक रबिराज थपलियाले जानकारी दिए ।