Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


एएफसी एशियन कप छनोटमा नेपाललाई ३ अंक


715
Shares

काठमाडाैं । एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले नेपाली फुटबल टाेली लाई तीन अंक दिएको छ ।

एएफसी डिसिप्लिनरी तथा इथिक्स कोडले मलेसिया फुटबल संकलाई अयोग्य खेलाडी खेलाएको ठहर गर्दै कारबाही गरेको हो । एएफसी एसियन कप सन् २०२७ छनोट अन्तर्गत नेपाल र भियतनामसँगको खेलमा मलेसियाले नियम उल्लङ्घन भएको निष्कर्ष निकालेको छ । अब दुवै खेलमा नेपाल र भियतनामले ३–० को प्राविधिक जित पाउने भएका छन् ।

यसअघि मलेसियाले नेपाललाई २–० र भियतनामलाई ४–० ले पराजित गरेको थियो । तर नयाँ निर्णयसँगै समूहको समीकरण नै फेरिएको छ । यो निर्णयपछि नेपाल राष्ट्रिय फुटबल टोलीले पाँच खेलबाट पहिलो जीतसहित तीन अंक जोडेको छ । समूह एफमा नेपालको अंकतालिकामा सुधार आएको छ ।

त्यस्तै, इथिक्स कमिटीले मलेसियालाई ५० हजार अमेरिकी डलर जरिवाना पनि गरेको छ ।