Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


उपभोक्ताहरु भन्छन्ः आधा सिलिण्डर ग्याँस वितरण गर्दा पनि राहत महशुस गरेका छौँ


390
Shares

काठमाडाैं । उपभोक्ताहरुले आधार सिलिण्डर एलपी (खाना पकाउने) ग्याँस विक्रीवितरण गर्दा आफूहरुले राहत पाएको बताएका छन् ।

मंगलवार काठमाडौंको टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालयमा ग्यास लिन पुगेका उपभोक्ताहरुले संकटमा राहत पाएको भन्दै आयल निगमप्रति आभार समेत व्यक्त गरेका छन् । गाह्रो भइरहेको बेला आधा सिलिण्डर भएपनि ग्याँस पाउँदा खुशी लागेको उनीहरुको प्रतिक्रिया थियो ।

एक उपभोक्ताले भन्नुभयो, ‘ग्याँसहरु कतै नपाएर यहाँ त्रिपुरेश्वरतिर लिन आएको छु । अब यहाँ पनि आधी नै पाईराखेको छ । ९५५ प्राईज भईहाल्यो । यस्तै हो । गाह्रो भईराखेको छ सबैलाई । त्यही भएर आधी पाए पनि खुशी नै हो । काम चलाउन पुगिराखेको छ । पछि के हुन्छ ।

सबैले मिलेर समस्या समाधान गरौला । समय अनुसार सबै कुरा ठिकै हुन्छ भनेर भन्छु ।’ नजिकको ग्याँस डिपोमा १० दिन कुर्दा पनि ग्यास नपाएपछि हैरानी व्यहोरेकी अर्की उपभोक्ताले आधि सिलिण्डर भएपनि उपलब्ध गराएको भन्दै नेपाल आयल निगमप्रति आभार व्यक्त गर्नुभयो । उपभोक्ताहरुले ग्याँसको अभावमा आफूहरु भोकभोकै बस्नुपर्ने अवस्था आएको गुनासो पनि गरेका छन् ।

उहाँले भन्नुभयो, ‘म कलंकी बस्छु । मैले १० दिन भयो खशी बजारमा नाम लेखाएको । तर मेरो चाहीँ कहिल्यै पनि पालो आएन । आज त मेरो तल बस्ने भाईहरुको ग्याँसै सकियो । खाना पाकेन उनीहरुको । आज चाही अति भयो भनेर धेरै ठाउँमा फोन गर्दा बल्ल थाहा भयो यहाँ दिइराखेको भनेर । आधार सिलिण्डर भएपनि लिइयो । थ्यांकक्यू उहाँहरुलाई ।’ यता, आयल निगमले भने उपभोक्ताहरुको अभाव पूर्ति हुनेगरी वितरणको काम भइरहेको दाबी गरेको छ । निगमका प्रतिनिधि विनोदकुमार वैद्यले उपभोक्ताले रित्तो हात फर्कन नपर्ने गरी वितरणको व्यवस्था मिलाइएको बताउनु भयो ।