Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


निर्वाचन आयोगद्वारा ११० समानुपातिक सांसदको सूची सार्वजनिक (नामावलीसहित)


780
Shares

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना सांसद निर्वाचित भएको घोषणा गरेको छ। आयोगले सोमबार विभिन्न ६ वटा राजनीतिक दलबाट निर्वाचित हुने सांसदहरूको सूची सार्वजनिक गरेको हो।

आयोगका अनुसार बन्दसूचीबाट दलहरूले प्राप्त सिटअनुसार क्लस्टर मिलाएर नामावली पेश गरेपछि ११० जनालाई निर्वाचित घोषणा गरिएको हो।

सार्वजनिक सूचीअनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना निर्वाचित भएका छन्। त्यस्तै नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ९ जना तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना सांसद निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार ११० जनामध्ये ८२ जना महिला निर्वाचित भएका छन्। जसमध्ये सबैभन्दा बढी रास्वपाबाट ४८ जना महिला रहेका छन्। नेपाली कांग्रेसबाट १५, एमालेबाट १०, नेकपाबाट ४, श्रम संस्कृति पार्टीबाट ३ र राप्रपाबाट २ जना महिला सांसद निर्वाचित भएका छन्।