Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


एमाले अध्यक्ष ओलीलाई समवेदना दिन गुण्डु पुगे झलनाथ खनाल


546
Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका खनाल सोमबार ओली निवास गुण्डु पुगेर अध्यक्ष ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदन व्यक्त गरेका हुन् ।

ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।