Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


गुणस्तरीय एयर कण्डिसनरको प्रयोगमा जोड: काठमाडौंमा पानासोनीक ‘पार्टनर मिट’ सम्पन्न


104
Shares

काठमाडौं । विश्वप्रसिद्ध जापानी इलेक्ट्रोनिक्स ब्रान्ड पानासोनीक र यसको नेपाली आधिकारिक साझेदार एरो टेक प्रा.लि.को आयोजनामा काठमाडौंमा ‘पानासोनीक एयर कण्डिसनर पार्टनर मिट’ तथा प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै एरो टेक प्रा.लि.का प्रबन्ध निर्देशक गुणराज दाहालले विगत तीन वर्षदेखि नेपाली बजारमा पानासोनीकका एयर कण्डिसनरहरू उपलब्ध गराइरहेको र यसको गुणस्तरप्रति उपभोक्ताहरू पूर्णतः सन्तुष्ट रहेको बताए। उनले पछिल्लो समय एयर कण्डिसनर प्रत्यक्ष रूपमा मानिसको श्वासप्रश्वास र स्वास्थ्यसँग जोडिने भएकाले गुणस्तरीय उत्पादन नै प्रयोग गर्न सुझाव दिए।

हामीले उपलब्ध गराएका पानासोनीकका उत्पादनहरू विश्वस्तरीय र भरपर्दा छन्,´प्रबन्ध निर्देशक दाहालले भने,प्राविधिकहरूका लागि आयोजित यो प्रशिक्षणले बजारमा उत्कृष्ट सेवा प्रदान गर्न थप मद्दत पुग्ने हाम्रो विश्वास छ।´

कार्यक्रममा पानासोनीक इन्डियाबाट आएका प्राविधिक प्रशिक्षक धिरज धर्जीले सहभागीहरूलाई एयर कण्डिसनरको जडान र मर्मतका आधुनिक पक्षबारे प्रशिक्षण दिएका थिए। करिब १०८ वर्ष पुरानो इतिहास बोकेको जापानी कम्पनी पानासोनीकका एयर कण्डिसनर हाल विश्वका ७ वटा देशमा उत्पादन प्लान्टहरू रहेका छन् भने यसका उत्पादनहरू १०० भन्दा बढी देशहरूमा बिक्री हुँदै आएका छन्। हरेक वर्ष पानासाेनिकले आफ्ना उत्पादनमा नयाँ फिचर्स थप गरिरहेकाे छ । अहिले पानासाेनिककाे एआई प्रविधियुक्त एसी बजारमा उपलब्ध छ ।

पार्टनर मिटमा देशभरका डिलर तथा प्राविधिकहरूको सहभागिता रहेको थियो, जहाँ कम्पनीले आफ्ना नयाँ प्रविधि र आगामी योजनाका बारेमा समेत जानकारी गराएको थियो।