Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


पितृ शोकमा रहेका ओलीलाई भेट्न पुगिन् प्रधानमन्त्री कार्की (तस्बिरसहित)


78
Shares

काठमाडाैं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पितृ शोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुभएको छ ।

पिताको मृत्यु शोकमा रहनुभएका ओलीलाई भेट्न प्रधानमन्त्री कार्की गुण्डु पुग्नुभएको हो ।

प्रधानमन्त्री कार्कीले परिवारमा समवेदना प्रकट गर्नुभयो । साथै ओलीको स्वास्थ्य र परिवारको अवस्थाबारे जिज्ञासा राख्नुभयो । यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरुले ओलीको निवास पुगेर शोक व्यक्त गरेका छन् ।